आगलागी पिडितलाई रसुवा कांग्रेसको आर्थिक सहयोग

नेपाली कांग्रेस रसुवाले आगलागी पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ।

गत फागुन ३ गते बिद्युत सर्ट भई आगलागीबाट घरबार बिहिन भएका जिल्लाको गोसाईकुण्ड गाउँपालिका ६ नागुङका पेमा छोवाङ तितुङको परिवारलाई आर्थिक सहयोग गरेको हो। 

बुधबार नेपाली कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङ र धुन्चे ईकाई सभापति लामा रेन्जेन घलेले पिडितलाई भेटी एक लाख २० हजार २ सय रुपैया नगद सहित लत्ताकपडा प्रदान गरेका छन्। 

घरबार बिहिन भएका पिडित परिवारको पिडामा मलम लगाउन थोरै भएपनि राहात स्वरुप नगद सहित लत्ताकपडा सहयोग गरिएको नेपाली कांग्रेस रसुवाका सभापती पेम्बा छिरिङ तामाङले बताए। ‘पीडितको पिडामा थोरै भएपनि मलम लगाउन नेपाली कांग्रेस जिल्ला कमिटिबाट १ लाख १ सय र कांग्रेस धुन्चे ईकाई कमिटिबाट २० हजार एक सय र लत्ताकपडा उपलब्ध गराएका छौँ, उनले भने।

गत फागुन ३ गते बिहान तिन बजे बिद्युत सर्ट हुदाँ  पिडित तितुङको ढुंगा, काठ र जस्ताले बनेको दुई कोठे घर जलेर नष्ट भएको थियो। घरमा भएको नगद ५ लाख सहित सुन, खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा लगायतका सामाग्री जलेर नष्ट भएको थियो।  घर जलेर नष्ट भएपछि ६ जनाको तितुङ परिवार टेन्टमा रहेका छन्। 
 

प्रकाशित मिति: : 2022-03-02 18:10:00

प्रतिकृया दिनुहोस्