सुदुरपश्चिम प्रदेशका अर्थमन्त्री सहितको टोलीलाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पोखरामा गर्यो स्वागत 

सुदुरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्री सहितको टोलीलाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयले प्रदेश राजधानी पोखरामा स्वागत गरेको छ।

अन्तर प्रदेश अवलोकन भ्रमणमा निस्केको उक्त टोलीलाई अर्थ मन्त्रालयले बुधबार मन्त्रालयमै स्वागत गरेको हो।

सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सुडारी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ, राज्य मन्त्री माया तामाङ बोहरा लगायतको टोलीलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले खादा लगाउदै स्वागत गरेका हुन्।

स्वागत कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री जीवनले आन्तरिक श्रोतको वृद्धि गरी प्रदेश सरकारलाई दिगो रुपमा स्थापना गर्नुपर्नेमा जोड दिए। 

संघियता बिरोधी भएका टिप्पणी र आलोचनालाई विफल पार्न प्रदेश सरकारहरुले आन्तरिक पुँजी बृद्धि गर्नुपर्ने उनको भनाई थियो। संघीयतामा रहेकाहरुमा अझै एकात्मक सोच भएकोले त्यसको विरुद्ध प्रदेश सरकारहरु एक हुनुपर्ने मन्त्री बरालले बताए।
  
सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सुडारीले बजेट निर्माणको क्रममा बजेटको सिमा समेत नाघ्नुपर्ने अबस्था सिर्जना भएको बताए।

आन्तरिक राजश्व वृद्धि गर्नु मुख्य चुनौती रहेको उनले बताए। गण्डकी प्रदेशबाट आफुहरुले जलबिद्युत, पर्यटन लगायतका धेरै कुरा सिक्ने मौका पाएको मन्त्री सुडारीले बताए।

प्रकाशित मिति: : 2022-03-02 19:55:00

प्रतिकृया दिनुहोस्