महिला हिंसा न्यूनीकरण गर्न घरघरमै सचेतना आवश्यक

महिला हिंसा न्यूनीकरण गर्न घरघरमै सचेतनाको आवश्यक रहेको पोखरामा आयोजित महिला हिंसा सम्बन्धि सचेतना कार्यक्रममा बताइएको छ।

अभियान युवा क्लब, अभियान महिला समूह, जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको संयुक्त आयोजनामा आज भएको सचेतना कार्यक्रममा उक्त कुरा बताइएको हो।

पछिल्लो समय महिला हिंसाको स्वरुप परिवर्तन हुँदै बढ्दै गएकाले घरघरबाटै सचेतना जगाउनुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक होत बहादुर रोकाहाले सचेतनामूलक प्रशिक्षणमा बताएका छन्। 

‘महिला भएकै कारण महिलामाथि दुब्र्यबहार हुने गरेको छ। यसलाई रोक्न प्रत्येक घरका सदस्यलाई सचेतना हुनु जरुरी छ’  उनले भने।

पछिल्लो समय बाल हिंसा र महिला हिंसाको रुप तिव्ररुपमा बढ्दै गएको उनको भनाई थियो।

प्रशिक्षित महिलाहरुले प्रशिक्षणले महिला हिंसाका बारेमा धेरै कुरा जानिएको बताए। साथै उनीहरुले महिला हिंसालाई रोक्न सहयोग गर्ने प्रतिवद्धता जनाए।

पोखरा ५ जिरो किमीमा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका सुर्य बहादुर केसी, पार्बती रानाभाट, अभियान युवा क्लबका अध्यक्ष राजु गिरी, जिल्ला प्रहरी कार्यालयका भिम काफ्ले, एकल महिला समुह पोखरा वडा ५ की अध्यक्ष राजकुमारी थापालगाएत ३५ जना महिलाको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य अभियान महिला समूहकी निवर्तमान अध्यक्ष शर्मिला केसीले राखेकी थिइन् भने अध्यक्षता अभियान महिला समूहकी अध्यक्ष लक्ष्मी शर्माले गरेकी थिइन्।

प्रकाशित मिति: : 2022-03-02 20:28:00

प्रतिकृया दिनुहोस्