युक्रेनमा रुसी हमलाः ४९८ रुसी सेना मारिए, शृंखलाबद्ध बिस्फोटले हल्लियो किभ

[File: EPA/EFA]
[File: EPA/EFA]

युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन्।

युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो। रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो। तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ।

रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहति भएको युक्रेनले जनाएको छ। बुधबारको तथ्यांक अनुसार रुसी सेनाको आक्रमणमा ३५२ सर्वसाधारण मारिएका छन्।

यसैबीच दक्षिणी मारिउपोलमा भएका हमलामा सयौं हताहत भएको सो सहरका मेयरले बताएका छन्।

रुसी सेनाले भन्याे–किभ छाेडेर भासिल्किभमा जानु

रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन्। रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरुलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन्।

‘सर्वसाधारणको आवादीका लागि रुसी सेनाबाट कुनै अवरोध हुनेछैन्,’ मेजर जनरल कोनाशेन्कोभले रुसी समाचार संस्था रोसिया २४ लाई भने।

किभ खाली गर्न रुसले गरेको यो दोस्रो प्रस्ताव हो। सोमबार जनरल कोनाशेन्कोभले सोही प्रस्ताव गर्दै भासिल्किभ खुला र सुरक्षित भएको बताएका थिए। तर, रुसी हमलापछि भासिल्किभमा गोलाबारी र हमला भएका विवरण सार्वजनिक भएका थिए।

रुसी सेनाले राजधानी किभलाई बारम्बार निशाना बनाउँदै आएको छ। तर, युक्रेनी सेनाको प्रतिकारका कारण किभलाई नियन्त्रणमा लिने उसको प्रयास सफल हुन सकेको छैन्। रुसी सेना दोस्रो पटक किभलाई हमला गरेको छ। रुसी सेनााका सयौं बख्तरबन्द किभतर्फ बढिरहेका विवरण सार्वजनिक भएका छन्। अमेरिकी सुरक्षा अधिकारीले रुसी सेनाले एक सातामै किभ ढल्ने प्रक्षेपण गरेका थिए।

शृंखलाबद्ध बिस्फोटले हल्लियो किभ

युक्रेनको राजधानी किभमा बिहीबार बिहान शृंखलाबद्ध बिस्फोटहरु गराइएका छन्। रुसी सेनाले गराएका ति बिस्फोटका कारण राजधानीवासी  आतंकित बनेका थिए। एक बिहानै पाँच ओटा स्थानमा शंखलाबद्ध बिस्फोटहरु भएका थिए। तीमध्ये दुई शक्तिशाली बिस्फोटहरु युक्रेनको राजधानी सहरमा भएका थिए।

त्यस लगत्तै दुई ओटा बिस्फोटहरु मेट्रो स्टेसनहरुमा गराइएका थिए। अर्काे बिस्फाेट राजधानी नजिकै भएकाे थियाे। हवाई आक्रमणका साइरहनहरुले सहरमा थप त्रास सृजना गरेको थियो।

रुसी हमलाको आज आठौ दिन पनि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा मिसाईल तथा बम प्रहार गरेको छ। सेनाले प्रहार गरेको मिसाइल हमलामा राजधानीमा रहेको एउटा विश्वविद्यालय पूर्णरुपमा क्षति भएको छ।

बिस्फोटका कारण लागेको आगो निभाउन अग्नि नियन्त्रकहरु परिचालन गरिएका छन्। यसैबीच, रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले तेस्रो विश्व युद्ध आणविक र झन विनाशकारी हुने चेतावनी दिएका छन्। यसअघि राष्ट्रपति भ्लादमिर पुटिनले रुसी सेनामाथि जाइलागे त्यसले नराम्रो परिणाम ल्याउने चेतावनी दिएका थिए। 

प्रकाशित मिति: : 2022-03-03 09:37:00

प्रतिकृया दिनुहोस्