उनले लड्ने आँट गरेकी छिन्, बाँच्ने साहस हामीले दिउँ

अनलाइनखबर

बिनु सुवेदी

बुधबार अभिनेत्री पूजा शर्मा तामझामसहित नाबालिका बलात्कारका आरोपित पल शाहलाई भेट्न जिल्ला प्रहरी कार्यालय तनहुँ जाँदा उनलाई हेर्ने र समर्थनमा नाराबाजी गर्नेको भीड थामिनसक्नु थियो। भीडभन्दा अलि पर पीडीत किशोरीका बुवा चुपचाप बसेका थिए, छेउमा आमाको मौनता उस्तै थियो। यता आरोपितकै पक्षमा त्यो नाराबाजी उता गाउँमा गाउँलेको छि-छि र दुरदुर !

‘यस्ती छोरी जन्माउनुभन्दा बरु बाँझै बस्नु बेस !’ पीडित बालिकाकी आमा छरछिमेकीको परिवर्तित व्यवहारबारे अधिवक्ता राधिका खतिवडालाई सुनाउँदा भक्कानिन्छिन्। बल्ल-बल्ल साहस जुटाएर न्यायको लडाइँमा सरिक उनको बुवा ओरोपितकै रजगज देखेर अवाक हुन्छन्।

अलि अघिसम्म प्रतिभावान छोरीले गाउँको इज्जत राखिन भन्नेहरूले फेरेको बोली र व्यवहारले दुखाएको जरुर छ तर हराइसकेको छैन। हार्न नमिल्ने लडाइँमा लागेकाले हुनुपर्छ, यी दम्पतीको भरोसा राज्यसँग छ, यो बेलासम्म राज्य उनीहरूकै साथमा छ।

प्रकाशित मिति: : 2022-03-03 10:22:00

प्रतिकृया दिनुहोस्