कांग्रेसको चितवन जिल्ला अधिवेशन

File Photo
File Photo

नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ। अधिवेशनअन्तर्गत हुने निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाका पक्षबाट बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ तथा शेखर कोइरालाका पक्षबाट डा सूर्यकान्त घिमिरे, उत्तम जोशी, विजय भुषाल र राजेश्वर खनालले सभापतिमा प्रतिस्पर्धा गर्दै छन्। 

यसैगरी कैलाश कोइरालाले साझा उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी भएको जिकिर  गर्दै आएका छन्। उनीहरुबीच सहमति गराउन बुधबारदेखि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी जुटिरहेका छन्। जिल्लाका नेता र उम्मेदवारलाई समूहगत र एकल भेट्दै आएका केसीले पहिलो चरणमा मिल्ने सम्भावना कम रहेको बताए। 

उनले भने 'पहिलो चरणमा साथीहरु मिल्ने देखिएन, दोस्रो चरणमा आफ्ना समूहका उम्मेदवारलाई सहयोग गर्ने वातावरण बनेको छ।' आज मनोनयनसँगै शुक्रबार निर्वाचन हुँदैछ। पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत कुनै उम्मेदवारले ल्याउन नसकेमा दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ।

 

प्रकाशित मिति: : 2022-03-03 11:57:00

प्रतिकृया दिनुहोस्