एमसीसी: सडक आयोजनामा 'नयाँ प्रविधि प्रयोगमा ल्याइने', के कारण अरूभन्दा भिन्न

बिबिसी

काठमाडौं

यसै साता प्रतिनिधिसभाले "व्याख्यात्मक घोषणा" सहित अनुमोदन गरेको अमेरिकी अनुदान सम्झौता एमसीसीअन्तर्गत रहेको सडक मर्मत आयोजनामा नेपालमा "नयाँ प्रविधि प्रयोगमा ल्याउन" लागिएको मिलेनीअम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपाल विकास समितिका प्रमुखले बताएका छन्।

उनका अनुसार उक्त प्रविधि पछि नेपाललाई हस्तान्तरण गरिने योजना छ।

झन्डै ६० अर्ब रुपैयाँ बराबरको उक्त सम्झौताबाट पाँच वर्षभित्र करिब ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक मर्मत सम्भार गर्ने योजना रहेको एमसीए नेपाल विकास समितिले जनाएको छ।

पाँच करोड २२ लाख अमेरिकी डलर लगानीमा अघि बढाइने सडक मर्मत आयोजनाअन्तर्गत बढीमा ३०५ किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मत सम्भारमा खर्च गर्न सकिने व्यवस्थाअनुरूप ७७ किलोमिटर सडक 'नयाँ प्रविधि' प्रयोग गरी मर्मतसम्भार गरिने योजना बनाइएको हो।

प्रकाशित मिति: : 2022-03-03 17:44:00

प्रतिकृया दिनुहोस्