माओवादीभित्र देखिएको संघर्षमा पूर्व एकता केन्द्रको ‘स्ट्रेन्थ’ कति ?

पार्टीभित्रै रहेर संघर्ष कि अलग हुने भन्ने दोबाटोमा नारायणकाजीहरु

रातोपाटी

काठमाडौं

 

प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित भएसँगै नेकपा माओवादी केन्द्रभित्र संघर्ष चुलिएको छ। नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल लगायतका नेताहरु एमसीसीको विरोधमा देखिएका छन् भने एमसीसी पारित गर्ने सन्दर्भमा पार्टीले निर्वाह गरेको भूमिकाप्रति उनीहरुले खुलेरै असन्तुष्टि जनाउँदै आएका छन्।

अझ प्रस्ट भन्ने हो भने माओवादी केन्द्रमा रहेका पूर्व ‘एकता केन्द्र’का नेताहरु एमसीसीको विरोधमा उभिएका छन्। आन्तरिक विवाद छताछुल्ला भइरहँदा कतिपयले माओवादी केन्द्र पुनः विभाजनको बाटोमा पुगेको टिप्पणी पनि गरिरहेका छन्।

कम्युनिस्ट राजनीतिमा भिजेका व्यक्ति तथा चिन्तकहरु माओवादी केन्द्रभित्र देखिएको यो संघर्षले कुन मोड लिन्छ भन्ने अझै प्रस्ट हुन बाँकी रहेको बताउँछन्। उनीहरु एमसीसीको विरोधमा माओवादीभित्र देखिएको समूहले पद, प्रतिष्ठासँग आफ्ना असन्तुष्टि भजाउँछ वा एमसीसीविरोधी जनमतको बलमा आफूलाई अलग्याउँछ भन्ने टुङ्गो लाग्न बाँकी नै रहेको जिकिर गर्छन्।

 

प्रकाशित मिति: : 2022-03-04 10:44:00

प्रतिकृया दिनुहोस्