रविन तामाङले गाए ‘चिसो एष्ट्रे’

गायक रविन तामाङको स्वरमा फिल्म ‘चिसो एष्ट्रे’को शीर्ष गीत ‘चिसो एष्ट्रे’ सार्वजनिक भएको छ। अंग्रेजी भर्सनको गीतमा रविनकै शब्द तथा संगीत छ। दिनेश पाल्पाली निर्देशित फिल्ममा उनको अभियन पनि हेर्न पाइनेछ।

केही समयअघि उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए। शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो। गीतले युवाहरुको जीवन शैलीलाई अभिव्यक्त गरेको छ।

फिल्मले देखाउन खोजेको कुरालाई गीतले संक्षेपमा प्रस्तुत गर्ने प्रयास गरेको गायक तामाङले बताए। ‘दिनेशले बनाएको फिल्मलाई मैले गीतमा समअप गरेको हो। धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु’ उनले भने।

फिल्मको टिम र फिल्म कलेजका विद्यार्थीबीच अन्तक्र्रिया भएको थियो। फिल्म होलीको भोलिपल्ट अर्थात चैत ४ मा रिलिज हुँदैछ।

प्रकाशित मिति: : 2022-03-05 09:21:00

प्रतिकृया दिनुहोस्