किशोर बस्याल निर्माता र सन्ध्या बस्याल प्रस्तुतकर्ता रहेको नेपाली कथानक चलचित्र ‘भाग्य’को दोश्रो चरणको शुटिङ्ग नेपालको काठमाडौँ, गोर्खा, पलान्चोक भगवतीलगायतका स्थानमा छायाँकन भइरहेको छ।
यसअघि पहिलो चरणको शुटिङ्ग लस एन्जलसमा भएको चलचित्रको तेश्रो चरणको शुटिङ्ग न्युयोर्क र बोस्टनमा हुनेछ ।कथाकार नबीन रायमाझीको आफ्नै वास्तबिक घटनामा आधारित चलचित्रको पटकथा र सम्बाद पनि रायमाझीले नै लेखेका हुन्।
अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबाट प्रशिक्षित अर्चना प्रधान र बिश्वास के सीले सयुक्त रुपमा निर्देशन गर्ने यो चलचित्रलाई क्रिस्टोफर रिभी र जर्ज ए मिक्कीले अमेरिकामा र डम्बर बि .क. ले नेपालमा खिच्ने छन्। कुनै गीत नरहने चलचित्रमा नवराज के. सी को पार्श्वसङ्गीत रहने छ।
नेपाल र अमेरिकाका सिनेमाघरलगायत युट्यबमा रिलिज गरिने चलचित्रका सह-निर्माता क्षितिज बस्याल, प्राप्ति बस्याल र नवीन रायमाझी रहने छन्।