आज र भाेलि वर्षाकाे सम्भावना न्यून, मंगलबार यी क्षेत्रमा वर्षा हुने

File Photo
File Photo

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंगलबार कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2022-03-06 07:56:00

प्रतिकृया दिनुहोस्