कांग्रेस अछाम अधिवेशन : सभापतिमा दाेस्राे चरणकाे मतदान हुँदै

File Photo
File Photo

नेपाली कांग्रेस अछामकाे सभापतिमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ।

सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कुल मतकाे ५१ प्रतिशत मत ल्याउन नसकेपछि दाेस्राे चरणमा चुनाव हुने भएकाे हाे।

दोस्रो चरणको मतदान आज बिहान १० बजेबाट हुनेछ।

दुई उपसभापतिमा पाँच जना प्रतिस्पर्धामा छन्। चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन्।

प्रकाशित मिति: : 2022-03-06 10:06:00

प्रतिकृया दिनुहोस्