काठमाडौँको ढुंगेधारास्थित तरकारी बजारमा आगलागी, ७० स्टल जल्यो

Photo - ratopati
Photo - ratopati

काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ।

बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।

उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ। काठमाडौँ महानगरपालिका–१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ।

क्षतिको विवरण आउन बाँकी रहेको र घटनाको विषयमा अनुसन्न्धान जारी रहेको वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। विद्युत् सर्ट भएर आगो लागेको अनुमान प्रहरीको छ। 

प्रकाशित मिति: : 2022-03-06 12:44:00

प्रतिकृया दिनुहोस्