दाङमा जुवाको खालबाट नगदसहित ११ जना पक्राउ

घोराहीबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ। अवैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई शनिबार दिउँसो ४ बजे घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको न्यु सुप्रिया होटल एण्ड लजबाट पक्राउ गरेको प्रहरीले बताएको छ।

पक्राउ पर्नेमा होटल सञ्चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं ८ का ५२ वर्षीय गोपाल बहादुर कुँवर, रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं ७ का ३४ वर्षीय सरोज पुन, रुन्टीगढी गाउँपालिका वडा नं ५ का ३६ वर्षीय घनश्याम वली, घोराही उपमहानगरपालिका वडा नं ५ का ३० वर्षीय कृष्ण बहादुर रावत, वडा नं १३ का ३९ वर्षीय मन बहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी घोराही १६ का ३५ वर्षीय रेशम बहादुर कँवर, वडा नं १३ का ४५ वर्षीय खेमराज गिरी, वडा नं  ८ का ४२ वर्षीय काशिराम भट्राई, वडा नं १५ का ५५ वर्षीय भुप बहादुर केसी, वडा नं ६ का ३० वर्षीय युुवराज केसी र प्युठान नगरपालिका वडा नं ५ का २८ वर्षीय जीवन नेपाली रहेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले २ लाख २१ हजार तीनसय नगद र जुवा खेल्न प्रयोग भएको सात गड्डी तास समेत बरामद गरेको छ।प्रहरी अनुुधान भैरहेको थप विवरण आउनबाकिँ छ। 

प्रकाशित मिति: : 2022-03-06 15:30:00

प्रतिकृया दिनुहोस्