चेपाङ समुदायका 'हिरो' रामकृष्ण हेडसर

शिलापत्र

दिनेश गौतम

जम्माजम्मी श्री गणेश माविका प्रधानाध्यापक मात्र हुन्, रामकृष्ण प्रजा। तर यही परिचय उनका लागि देशभरका थुप्रै मावि हाँक्ने हेडमास्टरभन्दा फरक बनिदिएको छ। सिमान्तकृत चेपाङ समुदायबाट माध्यामिक तहको विद्यालय चलाउने रामकृष्ण पहिलो हुन्।

चितवनको राप्ती नगरपालिका–१२ देउरालीटारमा छ, उनको नेतृत्वमा रहेको स्कुल। चितवनकै वाकरङका ४३ वर्षीय रामकृष्णले यो परिचय कमाउन गरेको संघर्ष भने सपनाजस्तै लाग्छ। उनी जन्मेहुर्केको वाकरङ विकट गाउँ हो। आङ ढाक्ने कपडा त परको कुरा, ६ महिना पनि खान पुग्ने अनाज थिएन। जंगलमा कन्दमुल नखोजे भोकै बस्नुपर्थ्याे। 

प्रकाशित मिति: : 2022-03-07 07:20:00

प्रतिकृया दिनुहोस्