सामाजिक माध्यममा सरकारी चासो

‘भर्चुअल वर्ल्ड’ मा हरेक राष्ट्र र त्यहाँको समाजको प्रतिबिम्ब झल्कने गरेको छ। त्यसैले सामाजिक माध्यम प्रभावकारी र लोकप्रिय बनिरहेको छ।

सामाजिक माध्यम एउटा प्रभावकारी सभा हो। ‘पब्लिक स्फेयर’ हो। अभिव्यक्ति स्वतन्त्रताको दह्रो र खरो माध्यम हो।

अन्तरसंवाद, बहस गर्ने, प्रतिक्रिया दिने, मत, अभिमत राख्ने र कला प्रदर्शन गर्र्ने ‘डिजिटल’ थलो हो। सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा कुनै व्यक्ति वा संस्थालाई एकअर्कासँग अन्तरक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधासमेत प्रदान गर्ने इन्टरनेटमा आधारित प्रणालीलाई सामाजिक सञ्जाल भनिएको छ।

प्रकाशित मिति: : 2022-03-07 09:06:00

प्रतिकृया दिनुहोस्