जब ८ वर्षीया छोरीको बलात्कार भएको थाहा पाएपछि बाबुले आत्महत्या गरे

शिलापत्र

समर्पण श्री

आँगनमा दुई/चार जना केटाकेटी खेलिरहेका छन्। त्यसबाहेक घरमा कुनै चहलपहल छैन। दिउँसो १२ बजे, घरभित्रबाट एउटी वृद्ध महिला र अधवैंशे मानिस पिँढीमा निस्किए, र भुइँमा टुसुक्क बसे। 

उनीहरू टुलुटुलु हेरिरहेका थिए। केहीबेरमा सेतो वस्त्र लगाएकी महिला उदास अनुहार लिएर पिँढीमा देखापरिन्। उनका आँखा ओभाएका थिएनन्। आलस्य शरीरलाई छेवैको भित्तामा अडेस लगाइन्।

तीन दिनदेखि पतिको किरिया बसेकी नम्रता पराजुली आफूलाई सम्हाल्न सकिरहेकी छैनन्। पति ३० वर्षका थिए, उनी २६ की। कल्पेकी थिइनन्, यो उमेरमै यतिठूलो बज्रपात पर्ला भनेर। ‘उसो त उहाँ बिरामी हुनुहुन्थ्यो। छोरीको घटना थाहा भएको दिन झुण्डिएर आत्महत्या गर्नुभयो,’ उनले भक्कानिँदै भनिन्। 

प्रकाशित मिति: : 2022-03-07 09:57:00

प्रतिकृया दिनुहोस्