पल प्रकरणमा रेखा थापाकाे चरित्रहत्या गर्ने युट्युबर पक्राउ

बलात्कारको आरोपमा पक्राउ गरेका अभिनेता पल शाहको विषयलाई लिएर सामाजिक सञ्जाल तथा युट्युबमा अभिनेत्री रेखा थापाकाे चरित्रहत्या गर्ने गरी विभिन्न व्यक्तिसँग अन्तर्वार्ता गर्ने युट्युबरलाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा ए–वान युट्युब च्यानलका सञ्चालक राहुल थापा मगर र सेलेट नेपालका प्रकाशबहादुर थापा रहेकाे नेपाल प्रहरीकाे साइबर ब्यूराेले बिएल नेपाली सेवासँग बताएकाे छ।

उनीहरूलाई नेपाल प्रहरीकाे साइबर ब्यूराेकाे टाेलीले साेमबार काठमाडाैँबाट पक्राउ गरेकाे साइबर ब्यूराेका प्रवक्ता एसएसपी नवीन्द अर्यालले बताए।

यी दुबैले पल शाह प्रकारणबारे सामाजिक अभियान्ता सर्मिला वाईवासँग अनुसन्धान प्रभावित हुने गरी अन्तर्वार्ता गर्दै अभिनेत्री थापाकाे चरित्रहत्या गरेकाे आराेप छ।

यी दुई युट्युबर र सर्मिलाविरूद्ध अभिनेत्री थापाकी दिदी तारा थापाले केही दिनअघि प्रहरीमा उजुरी दर्ता गरेकी थिइन्। सर्मिला भने फरार रहेकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: : 2022-03-07 13:46:00

प्रतिकृया दिनुहोस्