रुसको चेतावनीअनुसार तेलको मूल्य कति पुग्न सक्छ

बिबिसी

काठमाडाैँ

पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने मस्कोले चेतावनी दिएको छ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ।

प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताए।

रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले दिएको दबाव रुसी कम्पनीहरूले महसुस गर्न थालिसकेको उनले उल्लेख गरे।

प्रकाशित मिति: : 2022-03-08 09:46:00

प्रतिकृया दिनुहोस्