युक्रेन-रुस युद्धः नेपाली बजार पनि प्रभावित, पेट्रोलियम पदार्थको आपूर्ति जारी राख्न नेपाल आयल निगमले देखेका तीन विकल्प

बिबिसी

काठमाडाैँ

युक्रेन-रुस युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढिरहँदा त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिन थालेको अधिकारीहरूले बताएका छन्।

रुसले युक्रेनमाथि अतिक्रमण गरेपश्चात् आपूर्तिमा अवरोध सिर्जना हुने त्रासले इन्धन बजार प्रभावित भएको हो।

पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले नेपालमा पनि उपभोक्ताहरू मारमा परेका छन्।

एशियाली बजारमा सोमवार तेलको मूल्य १३ वर्षयताकै उच्च बिन्दुमा अर्थात्‌ प्रतिब्यारल १३९ डलर पुग्यो। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।

पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको भाउ प्रतिब्यारल ३०० डलरसम्म पुग्न सक्ने चेतावनी मस्कोले दिएको छ।

प्रकाशित मिति: : 2022-03-08 18:09:00

प्रतिकृया दिनुहोस्