श्रीमतीहरूजस्तै श्रीमानहरू पनि श्रीमतीको कमाइमा गर्व गर्न सक्लान्?

सेतोपाटी

अभिषेक सापकोटा

पाँचौं वैवाहिक वर्षगाँठको शुभकामना! तिम्रो जिन्दगीको पारिलो घाम कहिल्यै नअस्ताओस् अप्सरा!’

अप्सरा सधैं पलाँसको फूलसँग आफूलाई तुलना गर्थी। उसको जिन्दगीमा कतिपटक घाम उदाएर अस्तायो। कति पटक असिना पानी बर्सियो कि उसलाई थाहा छ, कि ईश्वरलाई।

उसका साथी, आफन्त, माइती, सबैले उसको जिन्दगीको उज्यालो पक्ष मात्र देख्छन्। उज्यालोसँग लुकेको अँध्यारो पाटो आजसम्म कसैले देखेका छैनन्, अझ भनम देख्न चाहेनन् या प्रयास गरेनन्।

प्रकाशित मिति: : 2022-03-12 14:47:00

प्रतिकृया दिनुहोस्