बेतनाको भाइरल क्यामोमाइल खेती: टिकटक आतङ्कले ३० लाखभन्दा बढीको क्षति

उकेरा

विनय बाह्रकोटी

इटहरीः पूर्वको आन्तरिक पर्यटनको केन्द्र मानिने बेतना सिमसारमा सार्वजनिक बिदामा थेगिनसक्नु भीड हुन्छ। शान्त वातावरणमा व्यवस्थित पार्किङसहितको सिमसार क्षेत्र अहिले झनै चम्किँदै गएको छ। 

त्यसमाथि शनिबारको छुट्टीमा पिकनिक मनाउने र टिकटक बनाउनेको त के कुरा!

तर, पछिल्लो समय बेतनामा टिकटक बनाउनेहरू जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको बालीमा आकर्षित भए। बेतनाको ठीक अगाडि पर्ने जडीबुटीको बालीमा कुनै तारबार नभएपछि टिकटक बनाउनेको भीड त्यतातर्फ सर्‍यो।

टिकटकरको भीड सरेसँगै समस्या सुरु भयो। किसानले महिनौँ लगाएर गरेको खेती लाइक्स र भ्युजका लागि मासिदै गयो।

टिकटकरको भीड सरेसँगै समस्या सुरु भयो। किसानले महिनौँ लगाएर गरेको खेती लाइक्स र भ्युजका लागि मासिदै गयो।

प्रकाशित मिति: : 2022-03-13 09:24:00

प्रतिकृया दिनुहोस्