थारू समुदायमा पहिलेजस्तो रौनक छैन होलीमा

सेतोपाटी

राजेश घिमिरे

बुधबार फागु पूर्णिमा (होली) को अघिल्लो दिन। थारू सांस्कृतिक संग्रहालय बछौली नजिकै रहेको घरको बराण्डामा पहार तापेर बसिरहेका थिए ८८ वर्षीय सुखलाल चौधरी। तीन भाइ छोरा, बुहारी, नाती, नातिना आ–आफ्ना काममा व्यस्त थिए। साना पनातीहरु आँगनमा दौडिरहेका थिए।

सुखलालकाअनुसार उनको गाउँमा पहिले पूर्णिमाभन्दा पन्ध्र दिन अघिदेखि नै होलीको रौनक सुरु हुन्थ्यो। तर अचेल उनले होलीकै दिन पनि पहिलेको जस्तो रमाइलो देखेका छैनन्।

‘यतिखेर त हामी डम्फु (बाजा) तयार पारेर नाचगानका लागि तयार भइरहेका हुन्थ्यौं। घरमा मिठा–मिठा परिकार बनिरहेका हुन्थे,’ सुखलालले विगत सम्झिए, ‘सुक्लपक्ष सुरुभएबाटै गाउँले सबै राति एक ठाउँमा भेला भएर नाचगान गरिन्थ्यो।’ थारु समुदायले होलीलाई विशेष पर्व मान्ने गर्छ। यो अवसरमा डम्फु बजाएर गीत गाउँदै नाच्ने चलन छ।

प्रकाशित मिति: : 2022-03-17 10:33:00

प्रतिकृया दिनुहोस्