एन्फा विशेष साधारणसभा १५ चैतमा

File Photo
File Photo

अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित विशेष साधारण सभा १५ चैतमा हुने भएको छ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार विशेष साधारणसभाका लागि सूचना जारी गरेका छन्।यसअघि उल्लेखित तीन चुनावी एजेन्डामा एउटा थप गरी पठाइएको छ।

४ चैतमा पठाइएको पत्रमा ९१० निर्वाचन समिति गठन सम्बन्धमा, ९२० निर्वाचन पुनरावेदन समिति गठन सम्बन्धमा र ९३० उम्मेद्वारको मनोनयन शुल्क निर्धारण सम्बन्धमा’ मात्रै समावेश थियो।महासचिव तुलाधरले शुक्रबार सर्कुलर गरेको पत्रमा ९३० नम्बर बुँदामा ‘संघको वार्षिक कार्यक्रम तथा बजेट एवं आ।व २०७७-०७८ को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा’ भन्ने एजेन्डा थपिएको छ।

एन्फाको गत फागुनमै हुने भनिएको विशेष साधारणसभा दुईपटक स्थगित भएको थियो। एन्फाले ८ फागुनका लागि विशेष साधारणसभा तय गरेको थियो।

प्रकाशित मिति: : 2022-03-21 14:38:00

प्रतिकृया दिनुहोस्