पौवादुङ्मामा हुने पाँचाैँ भोजपुर अल्ट्रा ट्रेल रेसको तयारी पूरा

File Photo
File Photo

पाँचौ भोजपुर अल्ट्रा ट्रेल रेस- २०७८ को तयारी पूरा भएको छ।

पौवादुङ्मा गाउँपालिका– ५ सानोदुङ्मामा यही चैत १२ गते हुने पाँचौ भोजपुर अल्ट्रा ट्रेल रेस- २०७८ काे सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। मिरा राई फाउण्डेशनले आयोजना गर्ने अल्ट्रा ट्रेल रेसमा देश तथा विदेशका गरी ३ सय बढीको सहभागीता रहने भएको छ।

अल्ट्रा ट्रेल रेस ५० किलोमिटरको हुनेछ। आयोजक मिरा राई फाउण्डेशनका कोषाध्यक्ष नुतन राईका अनुसार पुरुष र महिला दुबै विधातर्फ प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको दुबै विधामा प्रथम हुनेलाई रु. ५० हजार, द्धितिय हुनेलाई रू. ३० हजार, तृतीय हुनेलाई रू. २० हजार, चौथोलाई रू. १० हजार र पाँचौँलाई रू. ५ हजार पुरस्कार प्रदान गरिनेछ।

यस्तै स्थानीयका लागि १० किलोमिटरको अल्ट्रा ट्रेल रेस पनि हुने भएको छ। त्यसमा प्रथम हुनेले नगद रू. १० हजार, द्धितिय हुनेले रू. ५ हजार, तृतीय हुनेले रू. ३ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष खेमराज राईले जानकारी दिए। प्रतियोगिताका लागि १ नम्बर प्रदेश सरकार र पौवादुङ्मा गाउँपालिकाले आर्थिक सहयोग गरेको छ। भने, सह प्रायोजनमा किँरात राई सेवा समाज सानोदुङ्मा भोजपुर रहेको छ। सो प्रतियोगिता समापन समारोहमा गायक नन्दु गुरुङ र तारावीर पाण्डेकाे पनि प्रस्तुती रहने भएको छ।

मोरङको उर्लाबारीका धावकहरु पनि प्रभु राईको नेतृत्वमा भोजपुर अल्ट्रा ट्रेल रेसमा सहभागी जनाउने भएका छन्।

प्रकाशित मिति: : 2022-03-25 09:40:00

प्रतिकृया दिनुहोस्