न्याउलीको कथामा समाज

समस्या नै समस्याले जेलिएकी न्याउलीको कथा। गरिबीको कथा। जीवनको गुजारा कसरी गर्ने र परिवार पाल्नेबाहेक अन्य कुनै सपना नभएकी एउटी अबला नारीको कथा। गाउँदेखि सहरसम्म, सहरदेखि पराई मुलुकसम्म पटकपटक उसले भोगेको पीडाको कथा। पटकपटक तन र मन लुटिएको कथा। चेतनाथ आचार्यको उपन्यास रुइबाभित्रको विषयवस्तु हो यो। यसले मूलतः धादिङको अत्यन्त दुर्गम गाउँ पाबाङकी तामाङ समुदायकी निर्दोष चेली ‘न्याउली’को कथावस्तु बोकेको छ।

लोग्ने र बाबुको मृत्यु अनि परिवार र सन्तानसँग भएको मनै रुवाउने बिछोडको कथा। अज्ञानता र परिबन्धले जेल परेको कथा। मुलुकबाट टाढा चीनमा व्यतित जेल जीवनको कथा। समग्रमा जीवन संघर्षको कथा। वास्तवमा गरिबी, अभाव र दुःखमा पिल्सिएका सोझा र सरल मानिसहरू कसरी माफियाको चंगुलमा पर्छन् ? उनीहरू कसरी पटकपटक लुटिन्छन् र घरबार गुम्छ भन्ने जस्ता घटनाले कुदिएको कथा। समाजमा बहुसंख्यक नेपाली नागरिकले भोगिरहेको सबैभन्दा ठूलो समस्या भन्नु नै गरिबी, अभाव र बेरोजगारी हो। यिनै कारणले पनि ज्युनका लागि ठूलो दुःख र संघर्ष गर्नुपर्ने अवस्था उनीहरूको छ।

प्रकाशित मिति: : 2022-03-26 12:40:00

प्रतिकृया दिनुहोस्