पीपीए पर्खाइमा अरुण–३

२०७५ वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट यस आयोजनाको शिलान्यास गरेका थिए।

संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा अवस्थित अरुण तेस्रो जलविद्युत् आयोजना अरुण नदीमा निर्माणोन्मुख विद्युत् आयोजना हो। ९०० मेगावाट क्षमताको आयोजनाको कुल लागत १ खर्ब ४ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ। २०७५ वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट यस आयोजनाको शिलान्यास गरेका थिए। पाँच वर्षभित्रमा सकाउने गरी आयोजना निर्माण गर्ने ठेक्का भारत सरकारको पब्लिक कम्पनी सतलज हाइड्रो कम्पनीले पाएको छ। 

ठेकेदार कम्पनीले अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) स्थापना गरेको छ। आयोजनाको बाँध मकालु गाउँपालिकाको वडा नम्बर ३ र ५ तथा विद्युत्गृह चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहनेछ। यसले पाएको अनुमतिअनुसार २ सय २५ मेगावाट क्षमताका चारवटा टर्बाइनमार्फत ९ सय मेगावाट उत्पादन गर्नेछ । २०७१ मंसिर १० मा आयोजना विकास सम्झौता (पीडीए) गरेको थियो। पीडीए भएको दुई वर्षभित्र आयोजना निर्माणका लागि आवश्यक पर्ने वित्तीय स्रोत व्यवस्था गर्नुपर्ने प्रावधान छ। ग्लोबल बिडिङपछि सतलजले २०६६ सालमा अरुण तेस्रोको सर्वेक्षण अनुमतिपत्र पाएको थियो। भारत सरकारले बजेटमार्फत अरुण तेस्रो आयोजनामा लगानी गर्ने गरी ५७ अर्ब २३ करोड भारतीय  रुपैयाँ छुट्ट्याएको छ। सतलज कम्पनी भारतको पब्लिक कम्पनी भएकोले पनि भारत सरकारले यसका लागि रकम विनियोजन गरेको हो।

प्रकाशित मिति: : 2022-04-01 11:36:00

प्रतिकृया दिनुहोस्