भोट दिँदा चोट पाइएला कि ? सोचौं !

राजधानी दैनिक

सागर पण्डित

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउने र संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हँुदै छ । संघीय शासन प्रणाली लागू भएपछिको यो दोस्रो निर्वाचन हो । पहिलोपटक भएको निर्वाचनले स्थानीय तहको जग बसाल्ने काम गरेको थियो भने अब दोस्रोपटक हुने यो निर्वाचनले सिंगो शासन प्रणालीको संस्थागत विकासमा नै महत्वपूर्ण टेवा पु¥याउने विश्वास गरिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली विश्वमै सबैभन्दा समुन्नत शासन प्रणाली हो तर पनि हामीकहाँ छोटो समयमा नै यो शासन प्रणाली आलोचित हुन पुगेको छ । यसको मुख्य कारण यो शासनप्रणाली सञ्चालन गर्ने शासकमा देखिएको भ्रष्ट आचरण, अनैतिकता र सैद्धान्तिक विचलन नै हो । साथै राजनीतिलाई विशुद्ध समाजसेवाभन्दा पनि कमाइ खाने भाडो बनाउने गलत प्रवृत्ति राजनीतिक नेतृत्वमा झागिँदै आएको छ । त्यसैले पनि संघीय शासन प्रणालीमाथि प्रश्नचिह्न लाग्न पुगेको छ । तर, यति चाँडै नै यो शासन प्रणालीको विकल्प भने खोज्ने अवस्था आइसकेको छैन, सुधारेर अघि बढ्न सक्ने ठाउँ प्रसस्तै छ । यसका लागि अहिले रहेका प्रमुख राजनीतिक दल र तिनका नेताले आफ्नो चरित्र सुधार गरेर बढ्नुपर्छ । यदि, यहाँका प्रमुख राजनीतिक दल र तिनका नेताले आफ्नो भ्रष्ट आचरण र चरित्रमा सुधार गरेनन् भने यो शासन प्रणालीप्रति आमजनतामा एकैपटक अविश्वास पैदा हुन सक्छ र शासन प्रणालीको विकल्प खोज्ने गरी विद्रोह पनि हुन सक्छ । त्यस्तो परिस्थिति आउन नदिन पनि नेतृत्व पंक्ति विशेष सर्तक र संवेदनशील बन्नैपर्छ ।

प्रकाशित मिति: : 2022-04-01 12:39:00

प्रतिकृया दिनुहोस्