न्यु मिडिया व्यवस्थापन किन ?

विश्वमै अनलाइन माध्यम (न्यु मिडिया) प्रति आकर्षण बढ्दो छ। पत्रपत्रिका, रेडियो÷एफएम रेडियो, टेलिभिजनजस्ता परम्परागत सञ्चारका माध्यमको तुलनामा न्यु मिडिया छिटो र प्रभावकारी छ। सञ्चालन, सम्पादन र सामग्री वितरणका दृष्टिकोणले पनि सजिलो छ। इन्टरनेटको पहुँचले विश्वको जुनसुकै कुना–काप्चाबाट यसलाई सहजै सञ्चालन गर्न सकिन्छ।

एकछिन सामाजिक सञ्जाललाई बिर्सने हो भने हाम्रो मुलुकमा पनि नयाँ पुस्ताको आकर्षक र लोकप्रिय माध्यम अनलाइन बनिरहेको छ। सूचना तथा प्रसारण विभागको पछिल्लो तथ्यांकअनुसार ३ हजार २ सय ६५ र बागमती सञ्चार रजिस्ट्रारको कार्यालयमा १ सय १६ वटा अनलाइन माध्यम दर्ता छन्। चैत १५ गतेसम्म प्रेस काउन्सिल नेपालमा ३ हजार २ सय ४९ वटा अनलाइन माध्यमले सूचीकरणका लागि आवेदन दिएका छन्। दर्ता र सूचीकरण हुने क्रम दिनदिनै बढिरहेको छ।

प्रकाशित मिति: : 2022-04-02 11:22:00

प्रतिकृया दिनुहोस्