बान्नीगढी जयगढ गाउँपालिकाकाे अध्यक्षमा डम्बर स्वारकाे उम्मेदवारी

आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा अछामको बान्नीगढी जयगढ गाउँपालिकामा चुनावी सरगर्मी बढ्न थालिसकेको छ। यहाँका सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षणलगायत कार्यक्रममा जुट्न थालिसकेका छन्।

नेपाली कांग्रेसबाट यस गाउँपालिका अध्यक्ष पदका लागि डम्बर स्वारलगायतले उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेस अछाम जिल्ला क्षेत्र न १ प्रदेश ख सभापतिमा एक कार्यकाल काम गरिसकेका स्वार गाउँपालिका अध्यक्षका मुख्य दाबेदार हुन्। गाउँमै रहेर संगठन बिस्तार र समाजसेवामा उल्लेखनीय काम गरेका स्वार अब सरकारसँग जाेडिएर थप काम गर्न चाहन्छन्। त्यस्तै जनता माझ रहेर लामाे समय काम गरेका उनलाई धेरैले रूचाउने गर्छन्।

तर, पार्टीभित्र गाउँपालीका अध्यक्ष राजेन्द्रबहादुर खड्का, कृष्ण खड्काले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

त्यस्तै नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बाट पनि उम्मेदवारी आएका छन्। तर, पनि गाउँपालीकामा काँग्रेसकाे बर्चस्व रहेकाे छ।

यसअघिको चुनावमा काँग्रेसले ४, एमालेले १ र माओवादीले १ वडामा जित हासिल गरेका थिए। 

यस गाउँपालिकामा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका राजनीतिक दलको प्रभाव रहेको छ। अघिल्लो चुनाबमा कांग्रेसका राजेन्द्रबहादुर खड्का अध्यक्ष पदमा बिजयी भएका थिए।

त्यस्तै उपाध्यक्षमा माओवादीका लोकबहादुर साउद बिजयी भएका थिए।

प्रकाशित मिति: : 2022-04-10 12:28:00

प्रतिकृया दिनुहोस्