लाेकप्रिय गायक प्रकाश सपुत ‘प्रबल जनसेवाश्री पदक’बाट सम्मानित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गायक सपुतलाई ‘प्रबल जनसेवाश्री’ प्रदान गरेकी हुन्।
गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषित मानपदवी विभूषण आज प्रदान गरिएको हो।
लामाे समयदेखि नेपाली सांगीत क्षेत्रमा सक्रिय सपुतले दर्जनाैँ चर्चित गीत गाएका छन्। गायन, लेखन र अभिनयमा समेत अब्बल उनकाे ‘पिर’ गीत केही समयअगाडि विवादमा समेत परेकाे थियाे।
उनका ‘बाेल माया’, ‘पिर’, ‘याे देश मेराे पनि हाेइन र ?’ लगायत दर्जनाैं चर्चामा छन्।