नायक अनमोल केसी प्रबल जनसेवाश्री पदकबाट सम्मानित

file photo
file photo

लोकप्रिय नायक अनमोल केसी ‘प्रबल जनसेवाश्री पदक’बाट सम्मानित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार नायक केसी ‘प्रबल जनसेवाश्री’ प्रदान गरेकी हुन्।

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषित मानपदवी विभूषण आज प्रदान गरिएको हो।

उनको चलचित्र 'ए मेरो हजुर ४ 'आजबाट प्रदर्शनी आएको छ। 
 

प्रकाशित मिति: : 2022-04-14 16:21:00

प्रतिकृया दिनुहोस्