सर्वोच्चले उल्टाएको एक बलात्कार मुद्दा जसले पिडितको बयान बदलिए पनि पल दोषी ठहरिन सक्छन्

उकेरा

काठमाडाैँ

काठमाडौँ : माया गर्छु, विवाह गर्छु भन्दै फकाएर बलात्कार गरेको भन्दै अभिनेता पल शाहविरुद्ध बयान दिने नाबालिगले जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा आइतबार बलात्कार गरेको हैन भन्दै बयान बदलेपछि घटना पुन बहसमा आएको छ।

जाहेरी, प्रारम्भिक बयान, साक्षीहरूको बयान, स्वास्थ्य परीक्षण प्रतिवेदन लगायतका प्रमाणलाई हेरेर अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि एकाएक पीडित मानिएकी नाबालिगले बयान बदल्दा होस्टायल भएको आशङ्का गरिएको छ। बकपत्र बदलिएपछि पलका पक्षमा रहेकाहरू खुसी देखिन्छन्। नाबालिगको पक्षमा वकालत गरेकाहरू निराश।

तर यस अगाडिका यस्तै घटना जहाँ पीडितसहित पुरै परिवारले बयान बदलेको आधारमा जिल्ला अदालत अनि पुनरावेदन अदालतबाट समेत सफाइ पाएको मुद्दा सर्वोच्च अदालत पुग्दा उल्टिएर दोषी ठहर भएको छ।

प्रकाशित मिति: : 2022-04-18 02:43:00

प्रतिकृया दिनुहोस्