नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माजिया स्पोर्टस्ले सानदार जित निकालेको छ।आइतबार राति भएको खेलमा किरण सम्मिलित माजियाले क्लब भ्यालेन्सियालाई १३-० अन्तरले पराजित गरेको हो।
माजियाको एकपक्षीय जितमा मोहम्मद हाम्जाले एक्लै चार गोल गरे। स्टेवार्ट कर्नेलिउस र हुसन नाइज दुबैले ह्याट्रिक पूरा गरे। यस्तै टानाले दुई गोल गर्दा ऐसामले एक गोल गरे।
नेपाली टोलीका कप्तान किरणले भने सुरुआती एघारमै खेल्दै आएका छन्। उनले खेल पूरा समयसमेत खेले। जारी लिगमा नौ खेल खेल्दा आठ खेलमा जित र एक खेलमा हार बेहोरेको माजिया २४ अंकसहित शीर्षस्थानमा छ। आठ टोली सहभागी लिगमा माजियाले ३४ गोल गरेको छ भने दुई गोल बेहोरेको छ।
समान खेलबाट १३ अंक जोडेको पराजित भ्यालेन्सिया तेस्रो स्थानमा छ।