म्यान्मारका वरिष्ठ साहित्यकार गुरागाईंलाई वसुन्धराश्री पुरस्कार

म्यान्मारका नेपाली भाषी वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईंलाई २०७९ सालको वसुन्धराश्री पुरस्कार प्रदान गरिने भएको छ।

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी नेपाली डायस्पोरामा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण राख्न विशिष्ट योगदान दिएको भन्दै गुरागाईंलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे (२०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (२०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (२०५९), वरिष्ठ समालोचक यदुनाथ खनाल (२०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (२०६१), वरिष्ठ उपन्यासकार डायमनशम्शेर राणा (२०६२), वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (२०६३), वरिष्ठ कवि मोहन कोइराला (२०६४), वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी (२०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान (२०६६), वरिष्ठ कवि वैरागी काँइला (२०६७, वरिष्ठ कवि धर्मराज थापा (२०६८), वरिष्ठ समालोचक प्रा डा. वासुदेव त्रिपाठी (२०६९, वरिष्ठ चित्रकार शशि शाह (२०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (२०७१), वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ (२०६७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (२०७३), वरिष्ठ समालोचक प्रा डा. तारनाथ शर्मा (२०७४), वरिष्ठ गायक प्रेमध्वज प्रधान (२०७५), वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (२०७६), आख्यानकार डा. ध्रुवचन्द्र गौतम (२०७७) र लोकगायक कुमार बस्नेत (२०७८)लाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: : 2022-04-20 09:57:00

प्रतिकृया दिनुहोस्