माया बिछट्टैमा जिम्बे र लक्ष्मीको अभिनय

गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत माया बिछट्टैको भिडियो सार्वजनिक गरिएको छ।

राईकै शब्द सिर्जनामा तयार पारिएको माया बिछट्टै बोलको गीतमा गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर छ। 

गीतमा संगीतकार ऋषि खड्काको संगीत सृजना छ भने विशाल निरौलाको एरेन्ज छ। भिडियोमा मोडल राईसँगै अभिनेत्री लक्ष्मी बर्देवाका अभिनय देख्न सकिन्छ।  

रंगमञ्चबाट आएकी अभिनेत्री लक्ष्मी र टिकटकबाट आएकी मोडल राईको माध्यमबाट निर्देशक बिक्रम चौहानले   एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएका छन्। 

सार्वजनिक गीतमा प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन छ। 

प्रकाशित मिति: : 2022-04-20 18:44:00

प्रतिकृया दिनुहोस्