शोधनान्तरमा रुमलिएको अर्थतन्त्र

अन्नपूर्ण पोष्ट

सुशील पौडेल

आर्थिक वर्ष २०७८/०७९ आठौं महिनाको १३०८ अर्बको आयातलाई आधार मान्दा यस वर्षको आयात १९६३ अर्ब सहजै पुग्ने देखिन्छ। रसिया युक्रेन आक्रमणले निम्त्याइरहेको अकासिँदो इन्धन, फलाम, खानेतेललगायतका सामानको मूल्यवृद्धिले आयात थप बढ्ने देखिन्छ। निर्यात, विप्रेषण र पर्यटन क्षेत्रमा सुधारको झिनो आशा रहे पनि यस वर्ष विदेशी विनिमय सञ्चितिमा सुधार आउने स्थिति छैन।

सञ्चिति घट्दै जाँदा बैंकमा तरलताको समस्या देखिँदै गएको छ। थप नयाँ ऋण विस्तार भने हुन सकेको छैन। यद्यपि, निजी क्षेत्रतर्फको कर्जा विस्तार २५.१ प्रतिशत छ। यो १९ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्यभन्दा धेरै माथि छ।

प्रकाशित मिति: : 2022-04-22 16:27:00

प्रतिकृया दिनुहोस्