रोयल च्यालेन्जर्स बेङ्गलोरलाई २९ रनले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।
मंगलबार राति पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बेङ्गलोर १९ ओभर ३ बलमा ११५ रनमा समेटियो। बेङ्गलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन बनाएका छन्। वानिन्दु हसरंगाले १८ रनको योगदान गरे। राजस्थानका कुलदिप सेनले ४ विकेट लिएका हुन्।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेकाे थियाे । राजस्थानका रियान परागले सर्वाधिक ५६ रन बनाए। यस्तै कप्तान सन्जु सामसनले २७ रन बनाएका छन्।
बेङ्गलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले २-२ विकेट लिएका हुन्।
जितसँगै राजस्थानले ८ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बेङ्गलोर ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ।