जुम्लामा ३ सय १६ पदका लागी १ हजार ४ सय ४३ जना उम्मेदवार 

जुम्लाको एक मात्रै चन्दननाथ नगरपालिकामा ५२ पदका लागि २ सय ६६ जनाले मनोनयन दर्ता गराएको छन्।

नगर प्रमुख १, उपप्रमुख १, १० वटा वडाध्यक्ष, प्रत्येक वडामा २ वटा खुल्ला सदस्य, १ वटा महिला सदस्य र १ वटा दलित महिला सदस्य पदमा २ सय ६६ जनाले मनोनयन दर्ता गराएका हुन्। 

नगर प्रमुख १ पदमा ९ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताए। उनका अनुसार उपप्रमुख पदमा ८ जनाको उम्मेदवारी परेको छ। १० वटा वडाध्यक्ष पदको लागी ७० जनाले मनोनयन दर्ता गरेका छन्। मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दाबी विरोधको समय भए पनि कोही पनि उम्मेदवारविरुद्ध दाबी विरोध नपरेको उनले बताए। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले महिला सदस्यमा ४०, दलित सदस्यमा ४० र खुला सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ। खुला सदस्यका लागि चार जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्। कुल ५२ पदका लागि २ सय ६६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।

त्यस्तै तिला गाउँपालिकामा ४७ पदका लागी १ सय ९९ जनाले उम्मेदवारी  दर्ता गराएका छन्। पालिकाको अध्यक्ष पदका लागि ६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत निर्मला कुमारी खडकाले बताइन्।

त्यस्तै उपाध्यक्ष एक पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएको छन्। निर्वाचन अधिकृत खडकाका अनुसार ९ वटा वडाध्यक्ष पदमा ४७ जनाको उम्मेदवारी परेको बताए  । १८ वटा महिला वडा सदस्यमा ३८ जनाको मनोनयन परेको छ। त्यस्तै ९ जना  खुला वडा सदस्यमा ७५ जनाको उम्मेदवारी दर्ता भएको छ। ९ वटा दलित महिला वडा सदस्यको लागी २५ जनाले उम्मेदवारी दिएका छन्। 

त्यस्तै तातोपानी  ४२ पदका लागी १ सय ८३ जनाको मनोनयन परेको छ। पालिकाको अध्यक्ष पदका ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सरोजराज रेग्मीले बताए। 

त्यस्तै उपाध्यक्ष पदका लागि उपाध्यक्ष ७ जनाले मनोनयन दर्ता गराएको उनले बताए। वडाध्यक्ष ८ वटा पदका लागि ४२ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन अधिकारी रेग्मीका अनुसार १६ जना खुला वडा सदस्य पदमा ६८ जनाले मनोनयन दर्ता गराएका छन्।

त्यस्तै ८ जना महिला सदस्य पदमा ३३ जनाले उम्मेदवारी दिएका छन्। १ वटा दलित महिला वडा सदस्यमा २४ जनाले मनोनयन दर्ता गरेका छन्। वडा नम्बर ७ मा दलित महिला वडा सदस्यमा नानी दमाई नेकपा माओवादी केन्द्रबाट र वडा नम्बर ८ मा नानीकला दमाई नेकपा एमालेबाट निर्विरोध हुने सम्भावना रहेको निर्वाचन अधिकारी रेग्मीले  बताए। 

त्यस्तै हिमा गाउँपालिका ३७ पदका लागि १ सय ९७ जनाको उम्मेदवारी परेको छ। गाउँपालिकाको अध्यक्ष पदमा सात जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत रितु राईले बताइन्। 

त्यस्तै उपाध्यक्ष पदका लागि उपाध्यक्ष ९ जनाले मनोनयन दर्ता गराएको उनको भनाइ छ। वडाध्यक्ष ७ पदका लागि ५४ जना मध्ये महिला २ जना र पुरुष ५२ जनाको उम्मेदवारी परेको छ। राईका अनुसार खुला वडा सदस्य १४ पदका लागि ७० जनाले मनोनयन दर्ता गराएका छन्।

यसमा महिला १६ र पुरुष ५४ जनाले उम्मेदवारी दिएका छन्। यस्तै महिला सदस्य एक पदका लागि ३७ जनाको उम्मेदवारी परेको छ। त्यस्तै दलित महिला वडा सदस्य एक पदका लागि २० जनाको उम्मेदवारी परेको छ।

त्यस्तै गुठीचौर गाउँपालिका जुम्लामा २७ पदका लागि १ सय १२ जनाको उम्मेदवारी परेको छ। पालिकाको अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत शम्भु गौतमले बताए। त्यस्तै उपाध्यक्ष पदमा ६ जना, वडाध्यक्ष ५ पदमा २६ जना, खुला वडा सदस्य १० पदमा ४० जना, महिला वडा सदस्य ५ पदमा २० जना र दलित महिला वडा सदस्य ५ पदमा १४ जनाले मनोनयन दर्ता गराएको उनले बताए।

त्यस्तै पातारासी गाउँपालिका जुम्लामा ३७ पदका लागि १ सय १४ जनाको उम्मेदवारी परेको छ। पालिकाको अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सुरेश सुनारले बताए। त्यस्तै उपाध्यक्ष पदमा ७ जनाको, उम्मेदवारी परेको छ। त्यस्तै वडाध्यक्ष ७ पदमा ३१ जनाले उम्मेदवारी दिएका छन्। खुला वडा ३८ जना महिला वडा सदस्य २३ जना र दलित महिला वडा सदस्य ८ जनाले मनोनयन दर्ता गराएका छन्।

त्यस्तै सिजा गाउँपालिकामा ३२ पदका लागि १ सय ९२ जनाको उम्मेदवारी परेको छ।  पालिकाकाको अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कर्ण बहादुर महतले बताए। 

उपाध्यक्ष एक पदमा ७ जनाको ,उम्मेदवारी परेको छ। त्यस्तै  ६ पदका लागी वडाध्यक्ष ३९ जनाले उम्मेदवारी दिएका छन्। खुला वडा  सदस्यमा ५८ जना महिला वडा सदस्य ३३ जना र दलित महिला वडा सदस्य २८ जनाले मनोनयन दर्ता गराएका छन्।

त्यस्तै कनका सुन्दरी गाउँपालिकामा ४२ पदका लागि १ सय ९४ जनाको उम्मेदवारी परेको छ। पालिकाका अध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत जागुराम चौधरीले बताए। 

उपाध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ। त्यस्तै ८ वटा पदको लागी वडाध्यक्षमा ४७ जनाले उम्मेदवारी दिएका छन्। खुला वडा सदस्य ७४ जना महिला वडा सदस्य ३२ जना र दलित महिला वडा सदस्य २४ जनाले मनोनयन दर्ता गराएका छन्। दिलमाया शाही

प्रकाशित मिति: : 2022-04-27 18:53:00

प्रतिकृया दिनुहोस्