गायिका समिक्षा अधिकारी धेरैपछि सामाजिक संजालमा देखिएकी छिन्।
लामो समयबाट सामाजिक संजालमा सक्रिय नदेखिएकी उनले बिहिबार आफ्नो तस्विर सेयर गदै मनछुने स्टाटस लेखेकी छिन्।
उनले लेखेकी छन्, ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु, तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु, तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु।’
पछिल्लो समय उनको जीवनमा धेरै उतारचढाव आएका छन् र निकै कष्टकर पनि बनेका छन्।
करियरको राम्रो उचाइमा पुगेर भोगेका यी उतार चढावले उनलाई धरै प्रभाव पारेको छ।