गायक प्रमोद खरेलको स्वर रहेको मायाको नाटक बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।
दिनेश राज पुरीको शब्द सृजना रहेको गीतमा नविन कार्कीको संगीत छ ।विशाल निरौलाको एरेन्ज र मिक्सिङ रहेको गीतको त्रिकोणत्मक प्रेम कथामा आधारित भिडियोमा गरिमा शर्मा, विक्रम बुढाथोकी र संगम मल्ल ठकुरीको अभिनय देख्न सकिन्छ।
प्रेमीकाले धोका दिएर प्रेमीलाई घाइते बनाएको कथालाई निर्देशक बिक्रम चौहानले कलात्मक तरिकाले भिडियोमा देखाएका छन्। प्रकाश खड्काको छायांकन रहेको भिडियो गायक सुभाष पुरीको प्रस्तुतिमा तयार भएको हो।