मेयरका उम्मेदवारको प्रतिवद्धताः लिबाङ–थबाङ सुरुङमार्गको अवधारणा

रोल्पा नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बिर्षमन रोकामगरले सुरुङमार्गको अवधारणासहित प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन्।

आइतबार लिबाङमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका रोकाले लिबाङ–घोराही र लिबाङ–थबाङ सुरुङमार्ग निर्माणका लागि व्यापक बहस गरी सुरुङमार्ग निर्माण गर्न संघीय सरकारलाई दबाव दिने बताएका छन्। 

‘पहाडी भू–बनोटमा पहिरो र भू–क्षेयको समस्या आउने भएकाले रोड वेको अवधारणा सत प्रतिशत गलत छ’ रोकाले भने ‘त्यसैले हाम्रो जस्तो भू–बनोटमा सुरुङमार्ग (टनेल वे) र केवलकार (रोप वे)को अवधारणा बहसमा ल्याइने छ।’

यस्तै राजनीतिक पार्टीहरुले सामाजिक संघ–संगठनहरु कब्जा गरी सामाजिक परिवर्तनका मूल मर्म विथाल्ने गरेकोले जनता उकुसमुकुस भएको समेत रोकाले आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन्। 

सामाजिक परिवर्तनको मूल मर्म विथोल्नेविरुद्ध मैत्रीपूर्ण वैचारिक संघर्षलाई अगाडि बढाइने पनि रोकाले प्रतिवद्धता गरेका छन्।

प्रकाशित मिति: : 2022-05-02 05:30:00

प्रतिकृया दिनुहोस्