नेपाली फिल्मका निर्देशक नरेश पौडेलले ‘धड्कन’ फिल्मको सिक्वेल बनाउने भएका छन्। उनले ‘धड्कन–२’ बनाउन लागेका हुन्।
उक्त फिल्मको कामसँगै लेखन कार्यको पनि आरम्भ भएको बताइएको छ।
फिल्मको लेखन मौनता श्रेष्ठले गरेकी छन्। उनले १६ वर्षअघि बनिसकेको फिल्म ‘धड्कन’ लाई पनि लेखेकी थिइन्।
पौडेलले नै निर्माण गरेको धड्कन फिल्ममा रमित ढुंगाना, निखिल उप्रेती, रेखा थापा, अरूणिमा लम्सालको मुख्य भूमिका रहेको थियो।