भो ! यो विकृत राजनीति

अन्नपूर्ण पोष्ट

जीवनकुमार अधिकारी

विश्व मानचित्रमा झट्ट हेर्दा देखिन मुस्किल पर्ने देश नेपाल। जुन भूगोलमा जति सानो छ तर त्यति नै विशाल छ यसको इतिहास। कुनै कालखण्डमा विश्वलाई नै ज्ञान र ध्यान सिकाउने ल्याकत राख्ने यो देश विश्वभरकै तपस्वीको तपोभूमि थियो। चाहे मन्त्र होस्, चाहे तन्त्र या चाहे यन्त्र, तीनै विधामा पोख्त ऋषिमुनिहरू यही थिए।

जसको प्राचीन ग्रन्थहरूमा प्रशस्त प्रमाण पाइन्छ। यही देश हो जहाँ निर्माण भएको कैलाशकुट भवन अनि यसको वास्तुकला देखेर चिनियाँहरू आश्चर्यचकित भएका थिए। प्रथम विश्वयुद्धताका बेलायतलाई सैन्य तथा १० लाख पाउन्ड सहयोग यही देशले गरेको थियो।

प्रकाशित मिति: : 2022-05-02 15:00:00

प्रतिकृया दिनुहोस्