‘वडा’ बनुन् सिंहदरबार

अन्नपूर्ण पोष्ट

गोपीकृष्ण ढुंगाना

हामी जनता मालिक हौं। हामीले रोजेको राजनीतिक नेतृत्व पाउँछौं जुन असल वा खराब हुन सक्छ।’ अमेरिकाका ३५औं राष्ट्रपति जोन एफ केनडीले लोकतान्त्रिक व्यवस्थाका सन्दर्भमा भने जस्तै हामी नेपाली ‘जनता’ ‘मालिक’ बनेका छौं।

अनि हामीले दिएको मतबाट राजनीतिक व्यक्तित्व नेतृत्वमा पाइरहेका छौं। तर, ती निर्वाचित नेतृत्व सबै असल हुन्छन् भन्ने छैन। असल नेतृत्वले जनतालाई मालिक बनाउँछ।

खराब नेतृत्वले ‘मालिक’लाई समेत ‘दास’ बनाउँछ। संघीयता कार्यान्वयनको पहिलो पाँच वर्षले मिश्रित दृष्टान्त छोडेर जाँदैछ।

हामी जनता पुनः ‘गाउँका सिंहदरबार’ भनिएका ‘स्थानीय सरकार’का लागि जनप्रतिनिधि छनोट गर्दैछौं। पञ्चायतदेखि प्रजातन्त्र, शाहीशासन, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा हजारौं नेतृत्व देखिभोगी सकेका छौं। पाँचपाँच वर्षमा आउने असल नेतृत्व छान्ने अवसर अहिले सामुन्नेमा छ।

प्रकाशित मिति: : 2022-05-04 16:16:00

प्रतिकृया दिनुहोस्