चुनावको मुखैमा रोकिन सक्ने भनिएको इन्टरनेट सेवासम्बन्धी विवाद के हो?

बिबिसी

काठमाडौं

आउँदो साताबाट देशैभर बन्द हुनसक्ने भनिएको इन्टरनेट सेवामा बाधा पर्न नदिइने सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बताएका छन्।

बेरुजुको कारण देखाउँदै ब्यान्डविथका लागि विदेशी मुद्रा सिफारिस गर्न सरकारले रोकेका कारण आफूहरूले इन्टरनेट सेवा उपलब्ध गराउन नसक्ने सेवा प्रदायकहरूले बताएका बेला सञ्चार मन्त्रीको यो पछिल्लो भनाइ आएको हो।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस विषयमा इन्टरनेट सेवा प्रदायकहरूसँग छलफल भएको र त्यसबारे देखिएका समस्या समाधानका लागि आफूले मन्त्रालयमा निर्देशन दिइसकेको बताएका हुन्।

प्रकाशित मिति: : 2022-05-04 19:19:00

प्रतिकृया दिनुहोस्