सास गन्हाउने समस्याबाट बच्न यसो गर्नुहोस् !

File photo
File photo

सामान्यतया मुख तथा दाँतलाई राम्रोसँग सफा नगरेमा सास गनाउने समस्या हुन सक्छ। साथै विभिन्न प्रकारको सङ्क्रमण वा राति सुत्दा मुख सुक्खा भयो भने पनि सास गनाउने गर्छ।

हुन त सास गनाउने समस्याका कारणहरू धेरै हुन्छ तर केही खानेकुराहरूको सेवनले गर्दा पनि सास गनाउने समस्या उत्पन्न हुन सक्छ। त्यसैले आज हामी चर्चा गर्नेछौँ, ती खानेकुराबारे। जसको सेवनले सास गन्ह्राउने गर्छ।

प्याज र लसुनको सेवनले सासको दुर्गन्ध बढाउँन सक्छ। यसमा सल्फरको मात्रा उच्च हुने हुँदा प्याज वा लसुन खाएको केही समयपछि तुरुन्तै यसको प्रभाव देखिन्छ।

सल्फर हाम्रो रगतमा अवशोषित हुन्छ र सास फेर्दा योसँगै बाहिर निस्कन्छ, जसकारण सास गनाउँछ।

चिजको सेवनले पनि सास गनाउने समस्या निम्तिन्छ। यसमा एमिनो एसिड हुन्छ, जसले मुखमा प्राकृतिक रूपमा हुने ब्याक्टेरियासँग मिलाएर सल्फर कम्पाउन्ड बनाउँछ।

तिनीहरूको प्रतिक्रियाले हाइड्रोजन सल्फाइड पनि उत्पादन गर्छ, जसले नराम्रो गन्ध पनि उत्पादन गर्ने हुँदा चिजको सेवनले मानिसको सास गनाउँछ।

कफी र रक्सीजस्ता पेय पदार्थबाटले पनि सास  गनाउने समस्या निम्त्याउन सक्ने हुँदा यस्ता पेयबाट टाढा रहनुपर्छ। 

यी दुवै कुराले मुखलाई सुक्खा बनाउँछ जसकारण दुर्गन्ध फैलाउने ब्याक्टेरिया त्यहाँ फैलिन थाल्छ। 

रक्सी हाम्रो रगतमा लामो समयसम्म रहन्छ, त्यसैले यसको प्रभाव पनि लामो समयसम्म रहन्छ।

चिनीले पनि सास गनाउने समस्यालाई बढाउने काम गर्छ। धेरै मात्रामा चिनीको सेवनले सासको दुर्गन्ध बढाउने गर्छ। 

यसले मुखमा क्यान्डिडा इस्टको स्तरलाई बढाउँछ। चिनीको मात्रा उच्च भएमा जिब्रोमा सेतो तह बन्ने हुँदा यसलाई सजिलै पहिचान गर्न सकिन्छ। 

जिब्रो सेतो देखिनु आफ्नो पर्सनल हाइजिन र खानपानमा ध्यान दिनु पर्छ भनेर देखाइएको एक सङ्केत हो।  

उल्लेखित खानाहरूको सेवन कम गर्ने, दिनको दुई पटक ब्रस गर्ने, माउथवासको प्रयोग गर्ने, हरेक पटक खाएपछि मुख कुल्ला गर्ने बानी बसाल्नुपर्छ।

जुनसुकै उपायहरू अपनाउँदा पनि सास गनाउन नहटेमा त्यो सामान्य अवस्था पक्कै पनि होइन।

दाँत वा मुखमा समस्या भएमा, क्याभिटी वा स्वास्थ्यमा अन्य कुनै समस्या भए पनि सास गनाउने हुँदा त्यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ। 

प्रकाशित मिति: : 2022-05-06 12:37:00

प्रतिकृया दिनुहोस्