गृह मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन व्यवस्थापनमा करिव २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको जनाएको छ।
निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा व्यवस्था र निर्वाचन व्यवस्थापन कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको हो।
‘लोकतन्त्रको सफल अभ्यास गरी सही रुपमा नागरिकको प्रतिनिधित्व हुन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफुमा निहित राजनैतिक अधिकार स्वरुप प्राप्त मताधिकारको प्रयोग स्वतन्त्र रुपले हुनु आवश्यक छ,’ गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकै चरणमा विर्नाचन हुँदैछ।