बुटवलमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारको गाडीमा आक्रमण गरेका छन्।
बुटवल उपमहानगरपालिका वडा-१२ का वडा अध्यक्षका उम्मेदवार देवी रेग्मी सवार रहेको वा २० च ६७८५ को ईसुजुको डबल-क्याप गाडीमा सोमबार साँझ ८ बजेतिर आक्रमण गरेका हुन्।
बुटवल १२ नयाँगाउँ चोकमा ६१८३ को स्कुटरमा आएका तीन जनाको समूहले एकाएक गाडीमाथि ढुंगा प्रहार गरेका हुन्।
उनीहरुको ढुंगा प्रहारबाट गाडीको अगाडीको शिशा फुटेको छ। आक्रमणपछि गाडीलाई प्रहरीले सुरक्षामा राखेको छ भने आक्रमणमा संलग्नहरु फरार रहेको प्रहरीले जनाएको छ।
नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफू पराजित हुने निश्चित भएपछि एमालेका उम्मेदवार माथि सांघातिक आक्रमणमा उत्रिएको बताएका छन्।