विष्टले दिए लिग र क्लब समन्वय कमिटीबाट राजीनामा

File photo
File photo

पूर्व फुटबल खेलाडी विदुर बिष्टले अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको लिग कमिटी र क्लब समन्वय कमिटीबाट राजीनामा दिएका छन्। 

अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकबीच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकाले छानबिन प्रभावित हुन सक्ने भन्दै राजीनमा दिएको विष्टले जानकारी दिए।

हालै नेपाली फुटबल खेलाडी र प्रशिक्षकबीच असमझदारी भई विवाद बढ्न गएकाले अखिल नेपाल फुटबल संघले उक्त असमझदारीका सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ।

प्रकाशित मिति: : 2022-05-10 17:07:00

प्रतिकृया दिनुहोस्